राति कपालमा तेल लगाएर सुत्नु सही हो ?

नेपालभ्युज

राति कपालमा तेल लगाएर सुत्नु सही हो ?

एजेन्सी । कपालको हेरचाह गर्न तेल लगाउनु राम्रो मानिन्छ । यसले कपालसँग जोडिएका विभिन्न समस्या कम हुन्छन् ।

एउटा प्रश्न आउँछ के रातभर कपालमा तेल लगाएर सुत्नु सही हुन्छ वा हुँदैन । यसबारेमा जान्नौं ।

  • कपालको वृद्धि र स्वास्थ्यका लागि तेल फाइदाजनक मानिन्छ । यसले कपालमा प्रर्याप्त मात्रामा पोषण दिन्छ र चायाँ जस्तो समस्या पनि कम हुन्छ ।
  • भनिन्छ रातको समयमा कपालमा तेल लगाउँदा धेरै पोषण प्राप्त हुन्छ । जसले गर्दा कतिपय मानिस राति तेल लगाएर सुत्ने गर्छन् ।
  • तेल लगाएपछि कपाल नधुनु भने नोक्सानदायक हुन सक्छ । प्रायः मानिस तेल लगाएपछि त्यसमा कपडा लपेटेर सुत्ने गर्छन् । यसो गर्दा कपालले प्रर्याप्त रुपमा अक्सिजन पाउँदैन ।
  • तेल पनि कपालमा आवश्यकता भन्दा लामो समय राख्नु नोक्सानदायक हुन सक्छ । त्यसैले कपालमा एक देखि दुई घण्टा तेल राख्नुहोस् र धुनुहोस् ।
  • यदि तपाईंलाई छालासम्बन्धी कुनै समस्या छ, स्काल्प एकदमै चिल्लो हुन्छ भने कपालमा धेरै लामो समय तेल राख्नबाट बच्नुपर्छ । यसले तपाईंको समस्या अझै बढ्न सक्छ ।
  • कतिपय मानिस चिसो कपालमा तेल लगाउने गर्छन् । यसो गर्दा कपाललाई नोक्सान हुन्छ । त्यसैले भुलेर पनि चिसो कपालमा तेल लगाउनु हुँदैन ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved