राति ओछ्यानमा पल्टनेबित्तिकै निदाउने सुत्र

नेपालभ्युज

राति ओछ्यानमा पल्टनेबित्तिकै निदाउने सुत्र

एजेन्सी । अहिले धेरै व्यक्तिमा तनावको समस्या देखिन्छ । जसले गर्दा निद्रा नलाग्ने तथा समयमा नसुत्ने प्रवृति पनि बढ्दै गइरहेको छ । केही उपाय गरेर निद्रा छिटो ल्याउन सकिन्छ ।

तपाईंलाई रातमा के कारणले निद्रा लागिरहेको छैन त्यो बुझ्ने प्रयास गर्नुहोस् । रातमा निद्रा नलाग्नुको पछाडि केही तत्वहरु छन् । जस्तै- रातको समयमा कसरत गर्नु, तनावको हर्मोन बढ्नु, रातको समयमा अत्यधिक खानु, स्क्रिनमा धेरै समय बिताउनु ।

निद्रा ल्याउनका लागि सबैभन्दा राम्रो उपाय छ, १०–३–२–० । विशेषज्ञका अनुसार यो सुत्रलाई अपनाउँदा धेरै हदसम्म आराम पाउन सक्नुहुन्छ । यो विशेष नियममा रहेर वैज्ञानिकले अध्ययन गरेका छन् ।

ब्रिटेनको नेशनल हेल्थ सर्भिसका एक डाक्टरले निद्रा नलाग्ने समस्याबाट बाहिर आउन यो सुत्रको निर्माण गरेका हुन् । यसलाई अपनाएर तपाईं पनि आरामको निद्रा पाउन सक्नुहुन्छ ।

अब जानौं यस सुत्रका बारेमा-

  • सुत्नुभन्दा १० घण्टा पहिला– क्याफिन युक्त पेय पदार्थ पिउनु हुँदैन ।
  • सुत्नुभन्दा ३ घण्टा पहिला– कुनै पनि खाना वा रक्सी पिउनु हुँदैन ।
  • सुत्नुभन्दा २ घण्टा पहिला– कुनै पनि तनावपूर्ण वा भारी शारीरिक काम नगर्ने ।
  • सुत्नुभन्दा १ घण्टा पहिला– सबै फोन, टिभी र कम्प्यूटर बन्द गर्नुपर्छ ।

यो सुत्र अपनाउनु भयो भने तपाईंलाई समयमै निद्रा लाग्नेछ । साथै, निद्रा गुणस्तरीय पनि हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved