अब सिमकार्ड लिनसमेत राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपालभ्युज

अब सिमकार्ड लिनसमेत राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । अबदेखि सिमकार्डसहित सम्पूर्ण सार्वजनिक सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ ।

गृह मन्त्रालयले राजपत्रमा सूचना जारी गर्दै सबै सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको हो । सो सेवा आगामी माघ १ गतेदेखि लागू हुनेछ ।

साथै, राजस्वसम्बन्धी अर्थात् व्यक्तिगत आयकर दर्ता, सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)सम्बन्धी, कम्पनी दर्ता तथा नवीकरण सम्बन्धी, बैंकिङ तथा वित्तीय सेवा सेवा सम्बन्धी, सामाजिक सुरक्षा कोष सम्बन्धी र घरजग्गा किनबेचसम्बन्धी काम गर्न पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको सूचनामा उल्लेख छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार राजस्व सम्बन्धी सेवा, ड्राइभिङ लाइसेन्स र कम्पनी दर्ताका लागि १ साउन २०८१ बाट राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ ।

बैकिङ तथा वित्तीय सेवा सम्बन्धी सेवा र टेलिफोन तथा सिमकार्ड लिनसमेत राष्ट्रिय परिचयपत्र अनिवार्य हुनेछ । यो सेवामा माघ १ माघदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved