एसइई नतिजा : १ लाख २६ हजारले आगामी वर्ष परीक्षा दिनुपर्ने

नेपालभ्युज

एसइई नतिजा : १ लाख २६ हजारले आगामी वर्ष परीक्षा दिनुपर्ने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएको छ ।

बिहीबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी ४ लाख ६४ हजार ७ सय ६५ विद्यार्थीमध्ये २ लाख २२ हजार ४ सय ७२ जना कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार नन ग्रेडिङ (एनजी) हुने विद्यार्थीको संख्या २ लाख ४२ हजार ३ सय १३ रहेको छ ।

तीमध्ये दुई विषयमा एनजी हुने विद्यार्थी संख्या एक लाख १५ हजार ८ सय ३४ छ । यिनीहरू यही साउन १८ र १९ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।

बोर्डका अनुसार उक्त परीक्षाको नतिजा एक महिनामा प्रकाशित हुने बोर्ड जनाएको छ । ग्रेडवृद्धि हुने विद्यार्थी भने यसै शैक्षिक सत्रमा कक्षा ११ मा पढ्न पाउनेछन् ।

दुईभन्दा बढी विषयमा नन ग्रेडिङमा पर्ने एक लाख २६ हजार ४ सय ७९ विद्यार्थीले भने आउँदो वार्षिक परीक्षामा सहभागी हुनुपर्ने जनाइएको छ ।


Comment

One thought on “एसइई नतिजा : १ लाख २६ हजारले आगामी वर्ष परीक्षा दिनुपर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved