सेयर बजारमा गिरावट कायमै, कारोबार रकम ३ अर्ब ७१ करोड

नेपालभ्युज

सेयर बजारमा गिरावट कायमै, कारोबार रकम ३ अर्ब ७१ करोड

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा गिरावट कायमै रहेको छ । आज नेप्से परिसूचक ८ दशमलव २४ अंकले घटेर २०५१ दशमलव ९२ को विन्दुमा पुगेको छ ।

३३३ कम्पनीको ५० हजार २ सय ८१ पटकको कारोबारमा ८९ लाख १ हजार १ सय ९५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ३ अर्ब ७१ करोड ५९ लाख ३ हजार ८ सय २४ रुपैयाँ रहेको छ ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स १ दशमलव ५६ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ० दशमलव ५८ र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ४६ अंकले घटेको छ । १३ उपसमूहमध्ये १० वटा घटेको छ भने बैंकिङ, अन्य र म्चुअल फण्ड सामान्य बढेको छ ।

आज नेपाल फाइनान्स लिमिटेडमा सर्वाधिक कारोबार भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved