कपिलवस्तु नापी कार्यालयका सर्भेक्षक गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपालभ्युज

कपिलवस्तु नापी कार्यालयका सर्भेक्षक गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तु नापी कार्यालयका सर्भेक्षक बेचन प्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

घुस लिएको आरोपमा पक्राउ परेका गुप्ताविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मु्द्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनलाई यसअघि आयोगको टोलीले सेवाग्राहीबाट ३५ हजार घुससहित पक्राउ गरेको थियो । गुप्ताविरुद्ध कैद र बिगो माग गरी आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved