कीर्तिपुरमा जिउँदै कुकुरको आँखा निकालियो, अंगभंग बनाउने गरी कुट्नेविरुद्धको उजुरी प्रहरीमा

नेपालभ्युज

कीर्तिपुरमा जिउँदै कुकुरको आँखा निकालियो, अंगभंग बनाउने गरी कुट्नेविरुद्धको उजुरी प्रहरीमा

काठमाडौं । कीर्तिपुर नगरपालिका ५ पांगामा एक सामुदायिक कुकुरलाई मान्छेले समातेर आँखा निस्कने गरी कुटेका छन् । आँखा नै फुत्त बाहिर निस्किने गरी निर्ममतापूर्वक कुटिएको घटनामा प्रहरीमा उजुरी पुगेको छ । किर्तीपूर प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साह सार्वजनिक सुनुवाइ कार्यक्रममा कार्यालय बाहिर रहेकाले उनी आएपछि दर्ता गर्ने जनाइएको छ ।

घाइते कुुकरको आँखाको प्वालबाट रगत निस्किरहेको छ । टाउको रक्ताम्मे छ । एकदमै नाजुक अवस्थामा रहेको कुकुरलाई स्नेहा केयर्सले उद्धार गरी उपचार गरिरहेको छ ।

सामान्य मान्छेले हेर्न समेत नसक्ने गरी अंगभंग बनाउने गरी कुकुर कुट्ने कीर्तिपुरका स्थानीय सुरेश महर्जन हुन् । उनी विरुद्ध प्रहरीमा उजुरी दिन केही मानिस गएका छन् ।

जिउँदै खाल्डोमा पुरेर कुकुरको बच्चाको हत्या, तीन जना पक्राउ

कानुनले कुनै पनि पशु प्राणीलाई निर्दयी व्यवहार गर्न, क्रूरतापूर्वक हत्या गर्न बन्देज गरेको छ । यस्ता कृत्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ ।

कुकुर कुट्ने महर्जनले भने ‘चल्ला खाइदिएकाले बदला लिएको’ बताएका छन् ।

केही साताअघि इलामको देउमाई नगरपालिकाका तीन–चारजना युवकले एउटा कुकुरको बच्चालाई कुटेर जिउँदै खाल्डोमा पुरेको भिडिओ सोसल मिडियामा भाइरल भएको थियो । घटनामा तीन जनालाई पक्राउ परेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved