नेपाल मेरा लागि दोस्रो घर होः भारतीय अभिनेत्री जयप्रभा

नेपालभ्युज

नेपाल मेरा लागि दोस्रो घर होः भारतीय अभिनेत्री जयप्रभा

काठमाडौं । बलिउड अभिनेत्री जयप्रभा नहताले नेपाल आफ्नो लागि दोस्रो घर रहेको बताएकी छन् ।

बिहीवार काठमाडौंमा भएको नेपाल–भारत कल्चरल फेस्टिबल कार्यक्रमका क्रममा उनले यस्तो बताएकी  हुन् । उनले नेपाल पशुपतिनाथको कृपाले महान रहेको बताईन् । उनले नेपाल आएर आफ्नो देशका बारेमा केही कुरा राख्न पाउँदा गर्वको महशुस भएको बताईन् । उनले नेपाल—भारत सम्बन्ध आगामी दिनमा झनै बिस्तार गर्दै लैजानुपर्ने बताईन्  ।

‘यस धर्ती महान छ । बाबा पशुपतिनाथको आशिर्वादका कारण यो धर्ती महान छ । यस धर्तीलाई म प्रणाम गर्दछु । आज मलाई नेपाल आएर आफ्नो देशको तर्फबाट धारणा राख्दा यो महत्वपूर्ण भएको छ मेरो लागि’, उनले भनिन् ‘एक दिनमा मात्रै हामी यति ठूलो नाम बनाउन सक्दैनौँ । यो वर्षौंको मेहनतबाट बनेको नाम हो । यसमा हाम्रो परिवारको पनि त्यत्तिकै साथ छ । मलाई नेपाल आउँदा लाग्छ, यो मेरो लागि दोस्रो घर हो ।’

उनले आफू तीन पटक सांसद बनेको भएपनि अहिले पनि चलचित्र क्षेत्रबाट टाढा नगएको बताईन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved