बूढीगण्डकी आयोजना बारे परामर्श गर्न बाबुरामले सुरु गरे सामूहिक भेटघाट

नेपालभ्युज

बूढीगण्डकी आयोजना बारे परामर्श गर्न बाबुरामले सुरु गरे सामूहिक भेटघाट

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको परियोजना बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजनाबारे परामर्श गर्न सामूहिक भेटघाट सुरु गरेका छन् । विहीबार उनले गोरखा र धादिङका सांसद, पूर्व सांसहरू र विज्ञहरूसँग परामर्श गरेका हुन् ।

भट्टराईको सचिवालयका अनुसार परामर्श बैठकमा सांसदहरू राजेन्द्र पाण्डे, रामनाथ अधिकारी, पूर्व सांसदहरू चिनकाजी श्रेष्ठ, खेम लोहनी; विज्ञहरु ई. डा. लक्ष्मी देवकोटा, ई. हरेराम कोइराला, दिलिप कुमार एवं संघर्ष समितिका हरिराम ढकाल लगायतको उपस्थिति थियो ।

सरकारले यस आयोजनाप्रति जिम्मेवारबोध नगरेको गुनासो सहित उपस्थित सांसद र विज्ञहरूले नेपाल सरकार समक्ष सामूहिक दबाबको नेतृत्व गर्न डा. बाबुराम भट्टराईलाई आग्रहसमेत गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved