महामन्त्रीको समीक्षा प्रतिवेदन छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

नेपालभ्युज

महामन्त्रीको समीक्षा प्रतिवेदन छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले असार १९ गते बुधबार बिहान ८ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी मुख्यालय वनस्थलीमा बोलाइएको बैठकमा पार्टी महामन्त्री मुकुल ढकालले प्रस्तुत गरेको समीक्षा प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

पार्टीका महामन्त्री डा. मुकुल ढकालले पार्टी गम्भीर बिरामी भएको भन्दै सर्जरी गर्नुपर्ने निश्कर्षसहित बुधबार पार्टी सभापति रवि लामिछानेलाई समीक्षा प्रतिवेदन बुझाएका थिए । प्रतिवेदनमा तत्काल सर्जरी नगरे ०८४ को चुनावमा राष्ट्रिय पार्टी बन्न पनि कठिन रहेको निश्कर्ष प्रतिवेदनमा समेटिएको छ ।

इलामको उपचुनावमा पार्टी उम्मेदवारले जमानत पनि जोगाउन नसकेपछि रास्वपाले देशभर सुझाव संकलन गरेर प्रतिवेदन बुझाउन उनलाई जिम्मेवारी दिएको थियो । उनले देशका ३८ जिल्लामा तीन हजार भन्दा बढी व्यक्तिसँग प्रत्यक्ष अन्तर्क्रिया गरेका थिए ।

ढकालले रास्वपामा कालो बादल मडारिएको र त्यसलाई हटाउन जरुरी उल्लेख गर्दै भनेका छन्, ‘घण्टी निलो छ, तर बादल मडारिएका कारण घण्टी कालो देखिएको छ । बादल हटाउन हामीले केही कुरा गर्नुपर्नेछ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved