‘बाहुबली’ की देवसेनालाई लागेको दुर्लभ रोग के हो ?

नेपालभ्युज

‘बाहुबली’ की देवसेनालाई लागेको दुर्लभ रोग के हो ?

एजेन्सी । ब्लकबस्टर फिल्म ‘बाहुबली’ बाट चर्चाको शीखरमा पुगेकी अभिनेत्री अनुष्का शेट्टीले आफू एक दुर्लभ रोगको फन्दामा परेको बताएकी छन् ।

यो समस्यालाई आम बोलीचालीको भाषामा ‘लाफिंग डिजिज’ को रुपमा चिनिन्छ जबकि मेडिकल भाषामा यसलाई स्यूडोबुलबार इफेक्ट भनिन्छ । यसमा पीडित व्यक्ति अचानक अनियन्त्रित रुपले हाँस्न वा रुन थाल्छ ।

४२ वर्षकी अनुष्का शेट्टीले एक अन्तरवार्ताको क्रममा भनिन्, “मलाई हाँस्ने रोग छ । तपाईं अचम्म पर्नुहुनेछ कि के हाँस्नु एउटा समस्या हो ? मेरो लागि यो एउटा समस्या हो । यदि म हाँस्न सुरु गरेँ भने १५ देखि २० मिनेटसम्म रोकिनै सक्दिन । कमेडी शुट गर्दाखेरी म साँच्चिकै यति धेरै हाँस्न थाल्छु कि हाँस्दाहाँस्दै भुइँमा लडीबुडी गर्न थाल्छु र कयौंपटक शुटिंग नै रोक्नु पर्ने हुन्छ ।”

चिकित्सकका अनुसार स्यूडोबुलबार इफेक्टमा मानिस अचानक हाँस्न वा रुन थाल्छ । जो लामो समयसम्म चलिरहन्छ । यस्तो समस्याले यो रोगबाट पीडित व्यक्तिले कतिपय अवस्थामा लज्जास्पद स्थिति व्यहोर्नु पर्ने हुन्छ । कतिपय नहाँस्नुपर्ने स्थानमा पनि हाँसो लागेर रोक्न नसक्दा अप्ठेरो स्थिति पैदा हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved