मेथीको साग खानुका फाइदा

नेपालभ्युज

मेथीको साग खानुका फाइदा

एजेन्सी । औषधीय गुण भएको मेथीको सागमा पोषक तत्व पनि भरपूर मात्रामा पाइन्छ । यसको सेवनले स्वास्थ्यमा धेरै लाभ पाउन सकिन्छ ।

मेथीको सागमा आइरन, क्याल्सियम, प्रोटिन, भिटामिन ए, सी, बी र म्याग्नेशियम जस्ता गुण पाइन्छन् । यसको सेवनले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्न सकिन्छ ।

मेथीका पातमा पोषक तत्व तथा एन्टीब्याक्टेरियल गुण पाइन्छ । यसको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउन सकिन्छ । हड्डी बलियो बनाउन पनि यो साग फाइदाजनक हुन्छ ।

गर्मीमा यो सीमित मात्रामा सेवन गर्दा शरीरको थकान तथा कमजोरी कम गर्न पनि सहयोग पुग्छ । यसले शरीरमा ऊर्जा दिन्छ ।

मेथीको सागमा धेरै त्यस्ता पोषक तत्वहरु पाइन्छन् जसले शरीरमा खराब कोलेस्ट्रो कम गर्न पनि सहयोग गर्छन् । जसले मुटु स्वस्थ राख्न फाइदा पुग्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved