छालाका लागि एकदमै राम्रो फल किम्बु

नेपालभ्युज

छालाका लागि एकदमै राम्रो फल किम्बु

एजेन्सी । कालो तथा रातो रंगको फल, किम्बु खाँदा स्वास्थ्यमा धेरै फाइदा पाउन सकिन्छ । साथमा यो छालाका लागि पनि उत्तिकै राम्रो मानिन्छ । आउनुहोस्, यसका फाइदा बारे जानौं-

किम्बुमा भिटामिन ए, सी, ई, एन्टीअक्सीडेन्ट, फाइबर, आइरनसहित कयौं पोषक तत्व पाइन्छन्, जो छालाका लागि एकदमै जरुरी हुन्छन् ।

उमेरसँगै अनुहारमा चाउरीपना आउन थाल्छ जसलाई कम गर्न किम्बु एकदमै प्रभावकारी हुन्छ ।

त्यस्तै, घामले जलेको कालोपनबाट बच्न पनि किम्बुको प्रयोग गर्न सकिन्छ । यसका लागि किम्बुको पेस्टमा गुलाफ जल मिसाएर लगाउन सक्नुहुन्छ ।

किम्बुको सहयोगले तपाईं आफ्नो अनुहारमा भएका दागधब्बाबाट पनि छुट्कारा पाउन सक्नुहुन्छ । यसको रसलाई महमा मिसाएर अनुहारमा लगाउनुहोस् ।

किम्बुमा हुने तत्वहरु छालाभित्र गएर मोइस्चराइज गर्छन् । यसको रसलाई अनुहारमा लगाउन सक्नुहुन्छ वा यसको सेवन गर्नु पनि छालाका लागि फाइदाजनक हुन्छ ।

यो फल मौसमी हुन्छ । बजारमा बिक्री गरेको त्यति देखिँदैन तर, तपाईं नजिकैको जंगल वा गाउँघरमा पाउँदा यसको सेवन वा प्रयोग गर्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved