इङ्ल्याण्डलाई फराकिलो अन्तरले हराउँदै भारत फाइनलमा

नेपालभ्युज

इङ्ल्याण्डलाई फराकिलो अन्तरले हराउँदै भारत फाइनलमा

काठमाडौं । भारत आइसीसी टी २० विश्वकपको फाइनलमा पुगेको छ । बिहीबार राति सम्पन्न सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत १० वर्षपछि फाइनलमा पुगेको हो ।

साविक विजेता समेत रहेको इङ्ल्यान्डलाई फराकिलो अन्तरले हराउँदै भारत तेस्रो पटक टी २० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १६ दशलमव ४ ओभरमा १०३ रनमा अलआउट भयो ।

इङ्ल्यान्डका ओपनर जस बटलरले १५ बलमा ४ चौकासहित २३ रन बनाउँदै राम्रो सुरुवात गरे पनि अन्यले उल्लेख्य योगदान गर्न सकेनन् ।

भारतका लागि अक्षर पटेल र कुलदीप यादवले समान ३ विकेट लिए । जसप्रित बुम्राहले २ विकेट झारे ।

पहिला ब्याटिङ गरेको भारतले पुरै ओभर खेलेर ७ विकेटको क्षतिमा १७१ रन बनाएको थियो । कप्तान रोहित शर्माले ३९ बलमा ५७ रन बनाए । उनले ६ चौका र २ छक्का प्रहार गरे ।

यस्तै सूर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्का सहित ४७ रन जोडे । हार्दिक पान्ड्याले २७ रन बनाए भए रविन्द्र जडेजा १७ रनमा अविजित रहे ।

भारतले फाइनलमा उपाधिका लागि शनिबार राति सवा ८ बजे दक्षिण अफ्रिकासँग खेल्नेछ । दक्षिण अफ्रिकाको विश्वकपमा पहिलो फाइनल यात्रा हो भने भारतको तेस्रो हो ।

सन् २०१४ मा भारत श्रीलंकासँग फाइनलमा पराजित भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved