बसमा सवार एक पुरुषको मृत्यु, चालक र सहयोगी पक्राउ

नेपालभ्युज

बसमा सवार एक पुरुषको मृत्यु, चालक र सहयोगी पक्राउ

काठमाडौं । महेन्द्रनगरबाट बैतडी आउँदै गरेको बसमा सवार एक यात्रुको मृत्यु भएको छ ।

भारतबाट घर फर्किदै गरेका बैतडीका दशरथचन्द नगरपालिका–९ तिचौराका ४२ वर्षीय कृष्णानन्द जोशीको बसमै मृत्यु भएको हो । उनी रोजगारी गरेर भारतबाट घर फर्कदै थिए ।

महेन्द्रनगरबाट बैतडीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ६३८४ नम्बरको बसमा जोशी अत्तरियाबाट चढेका थिए ।

जोशी पाटन आइपुग्दा बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएको थियो । अस्पतालका चिकित्सकले जोशीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जोशीको मृत्युको कारण खुलेको छैन । बस चालक र उनका सहयोगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved