निजी कलेजमा छात्रवृत्तिका लागि आवेदन दिन विद्यार्थीलाई महानगरपालिकाको सूचना

नेपालभ्युज

निजी कलेजमा छात्रवृत्तिका लागि आवेदन दिन विद्यार्थीलाई महानगरपालिकाको सूचना

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।

महानगरपालिकाले आज सूचना जारी गर्दै निजी कलेजमा कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि अनलाइन आवेदन आह्वान गरेको हो ।

गत वर्ष पनि काठमाडौँ महानगरपालिकाले काठमाडौँका निजी कलेजमा झण्डै ४ हजार जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो ।

निजी विद्यालयहरुले १० प्रतिशत विद्यार्थीलाई निःशुल्क पढाउनु पर्ने नियम छ ।

सोही नियम अनुसार यस वर्ष पनि महानगरपालिकाले निजी विद्यालयले प्रदान गर्ने १० प्रतिशत विद्यार्थीको छनोट आफैँ गर्न लागेको हो ।

विद्यार्थीले असार १५ गते देखि असार २९ गतेसम्म अनलाइन आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

प्रवेश परीक्षा आगामी साउन ४ गते बिहान ८ बजे हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved