बस दुर्घटनामा ९ जना घाइते

नेपालभ्युज

बस दुर्घटनामा ९ जना घाइते

काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । बस बिहान रामेछापको लिखु तामाकोसीमा दुर्घटना भएको हो ।

बसका चालक हिराधर खत्री, यात्रु सविना श्रेष्ठ, मानबहादुर श्रेष्ठ, टेकनारायण श्रेष्ठ, शंखकुमारी तामाङ, सुजाता श्रेष्ठ र झलक श्रेष्ठ घाइते भएका हुन् । घाइते सबै स्थानीय हुन् ।

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको बताइएको छ । बस सडकबाट झण्डै ३० मिटर तल खसेर भिरको रुखमा अड्किएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved