तोलामा १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

नेपालभ्युज

तोलामा १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रूपैयाँले बढेर १ लाख ४१ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ४१ हजार १ सय रूपैयाँ कायम भएको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्य तोलामा १० रूपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved