इन्जिनियरिङका विद्यार्थीलाई व्यावहारिक अनुसन्धानमा प्रेरित गर्न एनआरसीसीको प्रयास

नेपालभ्युज

इन्जिनियरिङका विद्यार्थीलाई व्यावहारिक अनुसन्धानमा प्रेरित गर्न एनआरसीसीको प्रयास

काठमाडौं । नेपालमा पहिलो पटक इन्जिनियरिङ क्षेत्रका विद्यार्थीहरूलाई व्यवहारिक अनुसन्धानतर्फ स्थानान्तरण गर्न प्रोत्साहन गर्ने कार्यक्रम सुरु भएको छ ।

नेपाल रिसर्च एन्ड कोलाब्रेसन सेन्टर(एनआरसीसी)ले स्नातक तहका विद्यार्थीमा अनुसन्धान संस्कृति प्रवर्धन गर्न उक्त कार्यक्रमको सुरुवात गरेको हो ।

यसले विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा आधारित सिकाइबाट व्यवहारिक  अनुसन्धानतर्फ स्थानान्तरण गर्ने लक्ष्य राखेको छ ।

उक्त अभियानबाट विद्यार्थीहरूले अनुसन्धानका लागि आवश्यक सीप र ज्ञान प्राप्त गर्ने जनाइएको छ । जसमा इन्जिनियरिङ क्षेत्रका सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, आर्किटेक्चर, कम्प्युटर, मेकानिकल इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीहरूले सहभागिता जनाएर लाभ लिन सक्नेछन् ।

“Re-Engineering Knowledge: From Textbooks to Research” भन्ने मूल नाराका साथ सुरु गरिएको उक्त कार्यक्रममा वरिष्ठ अनुसन्धानकर्ताको सहभागिता रहनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved