विकलको दुखान्त: इन्जिनियर बन्छु भन्थे तर, एसईई पास भएको खबर सुन्न नपाउँदै पहिरोमा बिलाए

नेपालभ्युज

विकलको दुखान्त: इन्जिनियर बन्छु भन्थे तर, एसईई पास भएको खबर सुन्न नपाउँदै पहिरोमा बिलाए

काठमाडौं । लमजुङ दोर्दी गाउँपालिका–९ स्याउत सुनार गाउँका विकल सुनार एसईई नतिजाको पर्खाइमा थिए ।

चैतमा परीक्षा दिएर बसेका १६ वर्षीय विकलको इन्जिनियर बन्ने लक्ष्य थियो । तर, उनले पढ्ने सपना पुरा भएन भएन, आफू पास पाएको खबर समेत सुन्न पाएनन् ।

उनले जनकल्याण माध्यमिक विद्यालय चिति तिलाहरबाट परीक्षा दिएका थिए । बिहीबार एसईईको नतिजा सार्वजनिक भयो । विकल २.८० जीपीएका साथ उत्तीर्ण भएका छन् ।

तर, उनी यस धर्तीमा छैनन् । नतिजा आउनु अघिल्लो दिन मंगलबार मात्रै उनको घर घरसहित उनलाई पनि बगायो । उनीको त्यही ज्यान गयो । पहिरोमा परी उनका दाइ मिलन सुनार घाइते छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved