फाइनलअघि कोहलीबारे के भने रोहितले ?

नेपालभ्युज

फाइनलअघि कोहलीबारे के भने रोहितले ?

काठमाडौं । आईसीसी टी–२० विश्वकपको दोस्रो सेमिफाइनल खेल जितेर भारतीय टोली फाइनलमा पुगेको छ । फाइनलमा भारतले दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

इंग्ल्याण्डविरूद्धको खेलपछि रोहित शर्माले धेरै प्रश्नको जवाफ दिए ।

रोहितले भने, ‘यो जित निकै सन्तोषजनक छ र एक टोलीका रूपमा हामीले जित्न कडा मेहनत गरेका छौं । यो खेल जित्न सबैले कडा मेहनत गरेका छन् । हामीले परिस्थितिमा आफूलाई अनुकूल बनायौं र यो एकदमै चुनौतीपूर्ण अवस्था थियो ।’

रोहितलाई प्रश्न सोधिएको थियो, तपाईलाई कहिले लाग्यो यो स्कोर पर्याप्त थियो ?

यसको जवाफमा रोहितले भने, ‘पहिले हामीले १४० वा १५० राम्रो हुन्छ भन्ने सोचेका थियौं तर, बीचमा हामीले रन बनायौं । मेरो र सूर्यको साझेदारी भयो । त्यसपछि हामीलाई थप २५ रन थप्न सकिन्छ भन्ने लाग्यो ।’

कोहलीको फर्मबारे फेरि प्रश्न
विराट कोहलीको प्रारम्भिक आउटका कारण रोहितले फेरि प्रश्नको सामना गर्नु परेको छ । हरेक पटक झैं यस पटक पनि रोहित कोहलीको डिफेन्समा देखिए ।

रोहितले भने, ‘उनी गुणस्तरीय खेलाडी हुन् र यो कुनै पनि खेलाडीसँग हुन सक्छ । हामीलाई उहाँको क्लास थाहा छ, हामीलाई हरेक ठूला खेलमा उहाँको योगदानको महत्त्व थाहा छ । जब तपाईं १५ वर्षदेखि खेल्दै हुनुहुन्छ भने फर्म कुनै मुद्दा होइन । उहाँ राम्रो अवस्थामा हुनुहुन्छ, उहाँको नियत पनि राम्रो छ । हुनसक्छ उहाँले फाइनलमा टोलीलाई अझै योगदान पुर्‍याउनुहुनेछ ।’

इंग्ल्याण्डविरूद्ध कोहली ९ रनमै आउट भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved