अवरुद्ध कर्णाली राजमार्ग पहिरो हटाएपछि पुन: सञ्चालनमा

नेपालभ्युज

अवरुद्ध कर्णाली राजमार्ग पहिरो हटाएपछि पुन: सञ्चालनमा
प्रतिकात्मक तश्वीर

कालीकोट । पहिरो हटाएपछि शुक्रबार बिहानदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

गएराति परेको वर्षाले पहिरो जाँदा कालीकोटको सिमानामा पर्ने शुभकालिका–१ दहीखोला र कालेखोला बीचको गगने खोलामा पहिरो गएको थियो ।

कालीकोट खण्ड अवरुद्ध हुँदा यो राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि आवतजावत बन्द भएको थियो । अहिले राजमार्ग खुलेपछि यातायातका साधन चल्न थालेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

पहिरो हटाएपछि अहिले राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अर्जुन केसीले बताए ।

“कर्णाली राजमार्गको सबैतिरको पहिरो हटाएर सडक सञ्चालन आएको छ ।” उनले भने । कर्णाली राजमार्ग हिउँदमा धुलाम्मे र वर्षातमा पहिरो जाने गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved