मुटुको भल्भ फेर्ने नयाँ विधिको सफल प्रयोग 

नेपालभ्युज

मुटुको भल्भ फेर्ने नयाँ विधिको सफल प्रयोग 

काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नयाँ विधिमार्फत मुटुको भल्भ फेर्न सफल भएको छ ।

सेन्टरका कार्डियोथोरासिक भास्कुलर सर्जरी (सीटीभीएस) विभागका प्रमुख डा. अनिल भट्टराई नेतृत्वको टोलीले मंगलबार काखीमुनि सानो प्वाल पालेर ५३ वर्षीया एक महिलाको मुटुको ‘माइट्रयल भल्भ’ फेरेको हो ।

सेन्टरमा ‘मिनिमल्ली इन्भेसिभ कार्डियाक सर्जरी’ (काखीमा सानो प्वाल पारेर गरिने मुटुको शल्यक्रिया) विधिबाट ‘एओर्टिक भल्भ’ केही वर्षदेखि फेरिँदै आए पनि ‘माइट्रयल भल्भ’ फेर्न पहिलो पटक ‘राइट एक्जिलरी मिनिथोराक्टोमी’ विधि प्रयोग गरिएको थियो ।

नेपालमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा करिब दशकअघि नै मिनिमल्ली इन्भेसिभ कार्डियाक सर्जरी (एमआईसीएस) सुरु गरिएको थियो ।

काखीमुनि प्वाल पारेर भल्भ परिवर्तन गर्नु वा मुटुको अन्य शल्यक्रिया गर्नु विश्वका लागि नौलो नभए पनि मनमोहनमा भने यसअघि यस विधिबाट गरिएको शल्यक्रिया सफल भएको थिएन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved