कोहलीको नाममा बन्यो खराब कीर्तिमान

नेपालभ्युज

कोहलीको नाममा बन्यो खराब कीर्तिमान

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ मा भारतीय टोलीका ओपनर विराट कोहलीको खराब फर्म जारी छ ।

इंग्ल्याण्डविरुद्धको सेमिफाइनलमा कोहली ९ रन बनाएर आउट भएका थिए । नौ बलमा ९ रन बनाएका कोहलीले खराब कीर्तिमान बनाएका छन् ।

बिहीबार राति भएको खेलमा भारतीय टोली जोस बटलरको इंग्ल्याण्डविरुद्ध कप्तान रोहित शर्मा र कोहली ओपनरमा आएका थिए ।

टोली तथा फ्यानले कोहलीबाट धेरै अपेक्षाहरू राखेका थिए । किनकी उनी ठूला र दबाबपूर्ण खेलका लागि परिचित छन् ।

तर, उनी ९ बलमा ९ रन बनाएर आउट भए । यससँगै उनी ओपनरको रुपमा विश्वकपमा खराब प्रदर्शन गर्ने खेलाडीको रुपमा खराब कीर्तिमान राखेका छन् ।

जारी विश्वकपमा कोहलीले सात इनिङ्गसमा १०.७१ को औसतमा ७५ रन मात्र बनाएका छन् ।

कम्तीमा पाँच इनिङ खेलेपछि कोहली टी–२० विश्वकपको एक संस्करणमा ओपनरका रूपमा सबैभन्दा कम औसतमा रन बनाउने खेलाडीको तेस्रो स्थानमा आएका छन् ।

उनीअघि बंगलादेशकी सौम्या सरकारले २०१६ मा ९.६० को औसतमा रन बनाएका थिए ।

दोस्रो स्थानमा जिम्बाब्वेका वेस्ले माधेभरे छन्, जसले सन् २०२२ मा ९.८० को औसतमा रन बनाएका थिए । विराट तेस्रो स्थानमा आए ।

कोहलीले सन् २०१६ मा १३६.५०, २०१४ मा १०६.३३ र २०२२ मा ९८.६६ को औसतमा रन बनाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved