कपालका लागि प्रभावकारी पाँच तेल

नेपालभ्युज

कपालका लागि प्रभावकारी पाँच तेल

एजन्सी । वंशाणुगत कारण तथा बिग्रिएको जीवनशैलीका कारण हिजोआज तालु खुइलिने समस्या बढेको छ । तालुखुइले हुनबाट जोगिन कपालको जरामा यी तेलको प्रयोग फाइदाजनक हुन सक्छ ।

तोरीको तेल र अमला

तालु खुइले हुनबाट बच्न चाहनुहुन्छ भने तोरीको तेलमा अमला मिसाएर कपालमा लगाउनुहोस् । अमलाको पाउडर वा फलको रसलाई तोरीको तेलमा मिसाएर मनतातो बनाएर जरामा मसाज गर्दै लगाएमा फाइदा हुन्छ ।

जैतुनको तेल

पोषक तत्वले भरिपूर्ण जैतुनको तेलले टाउको मालिस गरेमा कपाल झर्न कम हुन्छ । जसले गर्दा तालु खुइले हुनबाट पनि जोगिन्छ ।

क्यास्टरको तेल

तालु खुइले हुनबाट जोगिनका लागि क्यास्टर तेल र तिलको तेल मिसाएर पनि प्रयोग गर्न सकिन्छ । कपालको समस्यामा यो मिश्रण एकदमै फाइदाजनक हुन्छ ।

रोजमेरी तेल

यदि तपाईं तालु खुइले हुनबाट बच्न चाहनुहुन्छ भने हप्तामा दुईपटक रोजमेरी तेल लगाउनुहोस् । रोजमेरी तेलले मालिस गरेमा कपाल बलियो हुनुका साथै स्वस्थ पनि हुन्छ ।

नरिवल तेल

कपालमा धेरै मात्रामा प्रयोग गरिने नरिवलको तेल फाइदाजनक हुन्छ । नियमित रुपमा नरिवलको तेलले मालिस गरेमा कपाल बाक्लो तथा लामो हुँदै जान्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved