हिना खानलाई स्तन क्यान्सर

नेपालभ्युज

हिना खानलाई स्तन क्यान्सर

काठमाडौं । भारतीय अभिनेत्री हिना खानलाई क्यान्सर भएको छ । अभिनेत्री आफैँले सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी दिएकी छन् ।

खानले लेखेकी छिन्, ‘हालसालै म स्तन क्यान्सरको तेस्रो चरणमा छु भन्ने हल्ला फैलिएको बारे केही महत्त्वपूर्ण खबर तपाईसँग सेयर गर्न चाहन्छु ।’

‘म हिनाहोलिक र मलाई माया गर्ने र हेरचाह गर्ने सबै मानिसहरूसँग केही महत्त्वपूर्ण समाचार साझा गर्न चाहन्छु । मलाई तेस्रो चरणको स्तन क्यान्सर छ । यति हुँदाहुँदै पनि म ठीक छु भनेर सबैलाई भन्न चाहन्छु। म यस रोगलाई जित्नको लागि बलियो, दृढ र पूर्ण प्रतिबद्ध छु। मेरो उपचार सुरू भएको छ, र म यसबाट अझ बलियो हुनको लागि सम्भव सबै गर्न तयार छु।’ उनले यसअघि भनिन् ।

हिना खानले फ्यानसँग केही गोपनीयताको माग पनि गरिन् ।

उनले भनिन्, ‘म यस समयमा तपाईबाट केही सम्मान र गोपनीयता चाहन्छु । म तपाईंको माया र प्रार्थनाको कदर गर्छु। तपाईको व्यक्तिगत अनुभव, कथा र तपाईका सुझावहरूले मेरो लागि यो यात्रामा धेरै अर्थ राख्नेछ। म मेरो परिवार र नजिकका मानिसहरूसँग सकारात्मक रहनेछु।’

हिना खानको यो पोस्टपछि उनका सबै फ्यानले उनलाई हौसला दिएका छन् ।

कलाकारहरू हेली शाह, जय भानुशाली, अंकिता लोखंडे, लता सबरवाल, प्रियल गौर, आशका गोराडिया, सायंतानी घोष, रोहन मेहरा, श्रद्धा आर्य, गौहर खान, अदा खान, आमिर अलीलगायतले स्वास्थ्य लाभको कामना गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved