फणीन्द्र देवकोटाले पाए गण्डकी प्रदेश सभामा प्रवेश

नेपालभ्युज

फणीन्द्र देवकोटाले पाए गण्डकी प्रदेश सभामा प्रवेश

काठमाडौं । गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटाले प्रदेश सभाको शुक्रबारको बैठकमा प्रवेश पाएका छन् । शुक्रबार दिउँसो १ बजेको बैठकमा उनी सहभागी भएका हुन् ।

बैठक प्रारम्भ हुनासाथ सभामुख कृष्ण धितालले सर्वोच्च अदालतको पत्र वाचन गरेका थिए । गत जेठ ३२ गते उनकै सूचनाद्वारा पदमुक्त भएका देवकोटाको सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतले गत सोमबार अन्तरिम आदेश दिँदै देवकोटालाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न भनेको थियो ।

फणीन्द्र देवकोटालाई सांसद पदबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश

तर अन्तरिम आदेशपछि पनि बिहीबार बसेको बैठकमा उनले प्रवेश पाएका थिएनन् ।

फणीन्द्र देवकोटालाई प्रदेशसभा बैठकमा ‘बार’, भने- किन त्यस्तो गरियो, अचम्म लागेको छ

माओवादी केन्द्रको निर्वाचन चिह्नबाट निर्वाचित भए पनि देवकोटाले आफूलाई नेपाल समाजवादी पार्टीका सांसदको रुपमा चिनाउँदै आएका छन् । त्यसलाई सर्वोच्चको अन्तरिम आदेशले पनि प्रष्ट पारेको छ ।

तर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा मत दिएपछि माओवादी केन्द्रले उनलाई पदमुक्त गरेको थियो ।

मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत, देवकोटा र मनाङेले पनि गरे समर्थन

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved