एक हप्तामा १६ दशमलव ३८ अंकले घट्यो सेयर बजार

नेपालभ्युज

एक हप्तामा १६ दशमलव ३८ अंकले घट्यो सेयर बजार

काठमाडौं । यो साता सेयर बजार परिसूचक १६ दशमलव ३८ अंकले घटेको छ । गत साता २०६० दशमलव ३१ को विन्दुमा पुगेर बन्द भएको बजार परिसूचक यो साताको अन्तिम कारोबारको दिन २०५१ दशमलव ९२ को विन्दुमा उत्रिएको छ ।

कारोबारको तीन दिन घटेर बन्द भएको बजार २ दिन मात्रै सामान्य अंकले बढेको थियो । यो साता नेपाल फाइनान्सको कारोबार तुलनात्मक रूपमा बढी भएको छ । पाँचौं दिन कारोबार भएको बजारमा कूल कारोबार रकम २१ अर्ब ४१ करोड ३६ लाख रुपैयाँ रहेको छ ।

गत साता चार दिन कारोबार हुँदा १६ अर्ब ८० करोड ३१ लाख रुपैयाँ कारोबार भएको थियो । यसर्थ, गत साताको तुलनामा यो साता कारोबार रकम बढेको छ ।

आइतबार नेप्से परिसूचक ५ दशमलव ३७ अंकले घटेर २०६२ दशमलव ९४ को विन्दुमा पुगेको थियो । ३१७ कम्पनीका ६१ हजार ५ सय १३ पटकको कारोबारमा ९५ लाख ६१ हजार ७ सय २७ कित्ता सेयर खरिद बिक्री भएको थियो ।

जसमा कारोबार रकम ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार ४ सय ५८ रुपैयाँ रहेको थियो । फाइनान्स कम्पनी सर्वाधिक बढ्दा होटेल र पर्यटन सर्वाधिक घटेको थियो । आइतबार पोखरा फाइनान्स कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गरेको थियो ।

सोमबार सेयर बजार परिसूचक ३ दशमलव २१ अंकले बढेर २०६६ दशमलव १६ को विन्दुमा पुगेको थियो । ३२२ कम्पनीका ६६ हजार ५ सय १९ पटकको कारोबारमा १ करोड ७ लाख ७ हजार ८ सय ७८ कित्ता सेयर खरिद बिक्री भएको थियो ।

जसमा कारोबार रकम ५ अर्ब ७ करोड ७२ लाख ५५ हजार रुपैयाँ रहेको थियो । विकास बैंक र माइक्रोफाइनान्स धेरै बढ्दा जीवन बीमा र निर्माण कम्पनी दोहोरो अंकले घटेका थिए भने मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले सर्वाधिक कारोबार गरेको थियो ।

साताको कारोबारको तेस्रो दिन सेयर बजार परिसूचक ५ दशमलव ६० अंकले बढेर २०७१ दशमलव ७७ को विन्दुमा पुगेको थियो । ३१९ कम्पनीका ६० हजार ८ सय ५८ पटकको कारोबारमा ९४ लाख ३५ हजार ४ सय ५४ कित्ता सेयर खरिद बिक्री भएको थियो ।

जसमा कारोबार रकम ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार ८ सय ३३ रुपैयाँ रहेको थियो । होटेल र पर्यटन क्षेत्रमा लगानीकर्ताले उत्साह देखाउँदा फाइनान्स कम्पनी सर्वाधिक घटेको थियो भने आरएसडीसी लघुवित्तमा धेरै कारोबार भएको थियो ।

साताको कारोबारको चौथो दिन नेप्से परिसूचक ११ दशमलव ६० अंकले घटेर २०६० दशमलव १६ को विन्दुमा पुगेको थियो । ३०५ कम्पनीका ५४ हजार ७ सय ९३ पटकको कारोबारमा ८७ लाख २७ हजार १६४ कित्ता सेयर खरिद बिक्री भएको थियो ।

जसमा कारोबार रकम ४ अर्ब ५ करोड ८० लाख ४७ हजार रुपैयाँ रहेको थियो । फाइनान्स, म्युचुअल र व्यापार कम्पनीहरू सामान्य अंकले बढ्दा सर्वाधिक घट्नेमा जीवन बीमा रहेको थियो भने, नेपाल फाइनान्स कम्पनीको कारोबार सबैभन्दा बढी भएको थियो ।

साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ८ दशमलव २४ अंकले घटेर २०५१ दशमलव ९२ को विन्दुमा पुगेको थियो । ३३३ कम्पनीको ५० हजार २ सय ८१ पटकको कारोबारमा ८९ लाख १ हजार १ सय ९५ कित्ता सेयर खरिद बिक्री भएको थियो ।

जसमा कारोबार रकम ३ अर्ब ७१ करोड ५९ लाख ३ हजार ८ सय २४ रुपैयाँ रहेको थियो । बैंकिङ, अन्य र म्युचुअल फण्ड सामान्य बढेको थियो । भने, नेपाल फाइनान्स लिमिटेडमा सर्वाधिक कारोबार भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved