‘जेरी: अन टप’बाट हटाइएपछि आनाको दुखेसो – मन चिरियो, निर्माण पक्षको चरित्र नै यस्तै हो

नेपालभ्युज

‘जेरी: अन टप’बाट हटाइएपछि आनाको दुखेसो – मन चिरियो, निर्माण पक्षको चरित्र नै यस्तै हो

काठमाडौं । अभिनेत्री आना शर्माले ‘जेरी: अन टप’बाट हटाइएकोप्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।

बिरामी भएको बेलामा दोस्रो पटकको लुक टेस्टमा उपस्थित हुन नसकेको कारण विना जानकारी निर्माण पक्षले हटाएको उनको गुनासो छ ।

‘मेरो मन चिरिएको छ । बिरामी भएको जानकारी दिएर दोस्रो पटकको लुक टेस्टमा उपस्थित हुन नसकेको त्यति सानो कारणमा टेकेर पूर्वसूचनाबिनै हटाइँदा मन दुख्नु स्वाभाविक हो । यदि उनीहरूको चरित्र नै यस्तै हो भने यस्तो टिमसँग काम गर्न नपाउनुमा म आफूलाई भाग्यमानी ठान्छु ।’ उनले भनिन् ।

आफूले मिडियाबाट यसबारे जानकारी पाएको उनले बताइन् ।

उनले भनेकी छन्, ‘फिल्म टोलीले म लुक टेस्टमा नगएको र मैले व्यावसायिक उत्तरदायित्व निभाउन नसकेको भन्दै मिडियाहरूमा ‘कोट’ दिएको देखें । उनीहरूले मेरो बदनाम गरिरहेको थाहा पाएँ । यसले मलाई ठूलो चोट दियो ।’

आफ्नो स्थानमा अरू कलाकारलाई लिएपछि नाक जोगाउन निर्माण पक्ष तथानाम बकिरहेको उनको भनाइ छ ।

यता, ‘जेरीः अन टप’ले रिलिज डेट घोषणा गरिसकेको छ । फिल्म भ्यालेनटाइन डे अर्थात् फागुन २ गते रिलिज हुनेछ । अनमोल केसी मुख्य भूमिकामा रहेको चलचित्रमा आँचल शर्मा र जसिता गुरूङ छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved