पक्राउ परे २ नक्कली जोगी, घरघर भिक्षा माग्न गएर लुटपाट

नेपालभ्युज

पक्राउ परे २ नक्कली जोगी, घरघर भिक्षा माग्न गएर लुटपाट

काठमाडौं । काठमाडौंको सेतोपुलमा जोगी भेषमा भिक्षा माग्न आएकाले लुटपाट गरेका छन् । बिहीबार बिहानै ९ बजे उर्मिला श्रेष्ठको घरमा गेरुबस्त्रमा भिक्षा माग्न भन्दै आएका एक पुरुष र एक महिलाले लुटपाट गरेका हुन् ।

जोगी आएको देखेर उर्मिलाले १५ रुपैयाँसहित गेटमा पुगिन् ।  उनले भिक्षा दिइन् र फर्किइन् । उर्मिलालाई फेरि तल ओर्लिन आग्रह गरे ।

महिला भेषमा रहेकी जोगीले आफूसँगै बोकेको एउटा बुटी उर्मिलाको हातमा थमाईंदिइन् । त्यसको पूजा गर्दा राम्रो हुने विश्वास दिइयो ।

कानको मुद्रीको मन्त्र गरी लगाउँदा अझ राम्रो हुने बताइयो । मुन्द्री हात पारेपछि उनीहरू दुवै भागे । उर्मिलाले तत्काल प्रहरीलाई खबर गरिन् ।
प्रहरीले विभिन्न अनुसन्धान मार्फत् नयाँबस्तीका शंकास्पद ठाउँमा ‘सर्च’ गर्यो‍ ।

त्यही क्रममा नयाँबस्तीको एक सुकुम्बासी बस्तीमा तिनीहरू बस्ने गरेको भेटियो । सेतोपुल लुटेर माग्नेमा भारत कर्नालका २६ वर्षीय देबु दया र ४० वर्षीया जेलिना रहेको पाइएको छ । त्यतिबेला भने उनीहरूले गेरुबस्त्र फुकालिसकेका थिए ।

पक्राउ परेकाहरूबाट उर्मिलाको दुवै कानको मुन्द्रा बरामद गरिएको छ ।

पक्राउ परेका दुवैमाथि अनुसन्धान अघि बढाएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले बताए ।  जोगीको भेषमा उनीहरूले थप अन्य ठाउँमा समेत चोरी गरेको आशंका प्रहरीको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved