दैलेखमा जिप दुर्घटना हुँदा नौ जना घाइते

नेपालभ्युज

दैलेखमा जिप दुर्घटना हुँदा नौ जना घाइते

सुर्खेत । दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो साढे २ बजे दैलेखको सदरमुकामबाट नौमुलेका लागि छुटेको कर्णाली प्रदेश ०२००१ च ०७८७ नम्बरको जिप नारायण नगरपालिका-५ धितामा दुर्घटनामा परेको थियो ।

घटनामा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी डीएसपी सुनिल दाहालले जानकारी दिए ।

दुई जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूको स्थानिय अस्पतालमा उपचार भइरहेको डीएसपी दाहालले बताए ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved