आरोह फर्टिलाइजर्सको जैविक मल बजारमा

नेपालभ्युज

आरोह फर्टिलाइजर्सको जैविक मल बजारमा

काठमाडौं । आरोह फर्टिलाइजर्सले उत्पादन गरेको विभिन्न प्रकारका जैविक मलहरू शुक्रबारदेखि बजारमा आएको छ ।

कम्पनीले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर सोबारे जानकारी गराएको हो । कम्पनीले उत्पादन गरेको जैविक मल नेपालमै पहिलो रहेको दाबी गरेको छ ।

रासायनिक मलले बिगारेको माटो र ह्रास गरेको उत्पादन शक्ति जैविक मलले विस्तार सन्तुलनमा ल्याउने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार आधुनिक प्रविधिवाट नेपालको माटो र हावापानीलाई सुहाउँदो जैविक मल (गेडा, झोल) र किटनाशक औषधी उत्पादन गरि सर्वशुलभ दरमा बजारमा ल्याइएको हो ।

आरोह फर्टिलाइजर्सले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहमति र उद्योग विभागको स्वीकृति अनुसार उत्पादन गरेको नेपालको पहिलो बायो अर्गानिक (जैविक) मल वातावरण मैत्री र माटोको उर्वराशक्ति बढाउने प्रकृतिको रहेको जारी विज्ञप्तीमा भनिएको छ ।

कम्पनीले मुख्यतया तिन किसिमको मलहरू आरोह बायो (जैविक) तरल, आरोह बायो (जैविक) दानेदार र पाउडर मल र आरोह बायो ९जैविक० किटनाशकहरू आरोह बायोभीरिया उत्पादन गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved