झारखण्डका पूर्वमुख्यमन्त्री सोरेन धरौटीमा रिहा

नेपालभ्युज

झारखण्डका पूर्वमुख्यमन्त्री सोरेन धरौटीमा रिहा

काठमाडौं । भारतको झारखण्ड राज्यका पूर्व मुख्यमन्त्री तथा मुक्ति मोर्चाका नेता हेमन्त सोरेन पाँच महिनापछि जेलबाट रिहा भएका छन् ।

उनी शुक्रबार साँझ करिब ४ बजे राँचीको बिरसा मुण्डा जेलबाट धरौटीमा रिहा भएका हुन् ।

जेलबाट निस्किएपछि उनले समर्थक र कार्यकर्तालाई हात मिलाएर अभिवादन गरेका थिए । उनीसँगै उनकी श्रीमती र वकिल पनि देखिएका थिए ।

सोरेनले कथित जग्गा घोटालासँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा झारखण्ड उच्च अदालतबाट जमानत पाएका हुन् ।

न्यायाधीश रोङन मुखोपाध्यायको इजलासले शुक्रबार जमानत दिएको हो ।

सोरेनलाई अदालतले ५० हजार रूपैयाँ धरौटी बुझाउन पनि आदेश दिएको छ । सोरेनलाई ईडीले गत जनवरीमा पक्राउ गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved