लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयको छात्रावास भवन शिलान्यास 

नेपालभ्युज

लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयको छात्रावास भवन शिलान्यास 

काठमाडौं । मुस्ताङको लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयको छात्रावास भवनको शिलान्यास गरिएको छ । शुक्रबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले उक्त विद्यालयको संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

‘नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको नेरु ४.१४ करोड आर्थिक सहयोगमा उक्त छात्रावास भवनको निर्माण गर्न लागिएको छ ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको हो । यस परियोजनाको कार्यान्वयन लोमान्थाङ गाउँपालिका, मुस्ताङमार्फत गरिनेछ ।

कार्यक्रममा बोल्दै लोमान्थाङ गाउँपालिकाका अध्यक्ष, लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका अध्यक्ष र राजनीतिक प्रतिनिधिले नेपालका जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र गुम्बा विद्यालय व्यवस्थापनका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved