जबज मौकाप्रस्थको माध्यम होइन : अध्यक्ष ओली

नेपालभ्युज

जबज मौकाप्रस्थको माध्यम होइन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद स्वार्थपूर्ति गर्ने माध्यम नभएको बताएका छन् ।

शुक्रबार नेकपा एमालेको पार्टी केन्द्रिय कार्यालय च्यासलमा मदन भण्डारीको ७३औं जन्मजयन्तीको अवसरमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आफ्नो स्वार्थ पूरा गर्दा जबज कार्यक्रम, सिद्धान्त, मार्गदर्शक सिद्धान्त हुने र स्वार्थ पूर्ति नहुँदा कार्यक्रम नै नहुने कुरा नभएको उनले बताए ।

जनताको बहुदलीय जनवाद ओठेभक्ति नभएको ओलीको भनाइ छ । उनले जबज मौकाप्रस्थको माध्यम नभएको पनि बताए ।

जनताको बहुदलीय जनवादले अहिले पनि आफूहरुलाई प्रभावकारी रुपमा अघि बढाइरहेको उनले जानकारी दिए । जबजले अहिले पनि मार्गदर्शन गरिरहेको उनी बताउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved