आनालाई निर्माता न्यौपानेको जवाफ – चलचित्र क्षेत्र रमाइलो गर्ने ठाउँ होइन

नेपालभ्युज

आनालाई निर्माता न्यौपानेको जवाफ – चलचित्र क्षेत्र रमाइलो गर्ने ठाउँ होइन

काठमाडौं । ‘जेरी : अन टप’का निर्माता सरोज न्यौपानेले अभिनेत्री आना शर्माले लगाएको आरोपमा कुनै सत्यता नरहेको बताएका छन् ।

शर्माले बिरामी भएको बेलामा विना जानकारी फिल्मबाट हटाएको बताएपछि न्यौपानेको यस्तो भनाइ आएको हो ।

‘मेरो चलचित्र र योसँग सम्बन्धित टिमलाई जुन किसिमको आरोप लगाइयो, त्यसमा कुनै किसिमको सत्यता नरहेको जानकारी गराउन चाहन्छु ।’ उनले भने ।

नायिकाले चलचित्र क्षेत्रलाई रमाइलो गर्ने ठाउँको रूपमा प्रयोग गर्न खोजेको न्यौपानेको भनाइ छ ।

‘मुख्यत: नायिकाको सवालमा उहाँलाई चलचित्र क्षेत्र भनेको रमाइलो गर्ने, पार्टी गर्ने, मन लाग्यो भने खोजेको ठाउँमा आउने मन र मूड नहुँदा बिरामी छु भनेर टार्दा पुग्ने, बीना सम्पर्क हराउने सोच्नु भएछ ।’ उनले भने, ‘एकपटक होइन पटक-पटक यस्तो व्यवहार सहँदै हिजोको दिनसम्म धेरै नै कम्प्रोमाइज गर्दै आएको हो । पटकपटक फोन म्यासेज गर्दा जवाफ नै पाउन नसकेको तितो अनुभव मसँग छ ।’

आफू बिरामी भएको भन्ने नायिकाको भनाइ झुटो रहेको न्यौपानेले बताए । ‘भोलि काम छ भनेपछि रातभर पार्टी गर्दै बस्न मिल्ने काममा आउन नमिल्ने ?’ उनले प्रश्न गरे ।

निजी जिवनले निर्माता र अन्य कलाकारहरूले दु:ख पाउनु जायज नहुने उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved