एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्‍यौं : अध्यक्ष नेपाल

नेपालभ्युज

एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्‍यौं : अध्यक्ष नेपाल
फाइल तस्वीर

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गरेर न्यायाचित काम गरेको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘जनताका नेता नेपाल’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा(एमाले)बाट विद्रोह गर्नुको अर्को कुनै विकल्प नभएको बताएका हुन् ।

एमालेबाट विद्रोह गरेर आफूहरुले संविधान बचाएको र राजनीतिक स्थिरता कायम गरेको उनको भनाइ छ ।

उनले आफूहरुले मुलुकलाई सही दिशामा अगाडी बढाउन भूमिका निर्वाह गरेको भन्दै विद्रोह गरेर सही र न्यायोचित काम गरेको बताए ।

एमालेबाट विद्रोह नगरेको भए आफूहरु गल्लीमा भड्किइरहेको अवस्थामा हुने उनको भनाइ छ । आफूहरुले आत्मसर्मपण नगरेको नेपालले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved