आँखा निस्कनेगरी कुकुर कुट्नेलाई पाँच दिन थुनामा राख्न अनुमति, अक्सिजन दिएर कुकुरको उपचार हुँदै

घाइते कुकुरको एनिमल मेडिकल सेन्टरमा उपचार भइरहेको छ । कुकुरको अवस्था नाजुक रहेकाले अक्सिजनको सहायतामा राखिएको छ ।

नेपालभ्युज

आँखा निस्कनेगरी कुकुर कुट्नेलाई पाँच दिन थुनामा राख्न अनुमति, अक्सिजन दिएर कुकुरको उपचार हुँदै

काठमाडौं । कीर्तिपुरमा सामुदायिक कुकुरलाई आँखा निस्कने गरी कुटपिट भएको घटनामा पाँँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

आँखा नै फुत्त बाहिर निस्किने गरी निर्ममतापूर्वक कुट्ने व्यक्तिविरुद्ध स्नेहा केयरले किटानी जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई पहिलो पटकको लागि पाँच दिन म्याद दिएको हो ।

बिहीबार कीर्तिपुर पांगाका स्थानीय सुरेश महर्जनले कुकुर कुटेका थिए । उनी बिहीबारै पक्राउ परेका हुन् ।

कीर्तिपुर प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहले घटनाबारे अनुसन्धान भइरहेको बताए । कुकुर कुट्ने महर्जनले भने ‘चल्ला खाइदिएकाले बदला लिएको’ बताएका छन् ।

घाइते कुकुरको एनिमल मेडिकल सेन्टरमा उपचार भइरहेको छ । कुकुरको अवस्था नाजुक रहेकाले अक्सिजनको सहायतामा राखिएको छ ।

कानुनले कुनै पनि पशु प्राणीलाई निर्दयी व्यवहार गर्न, क्रूरतापूर्वक हत्या गर्न बन्देज गरेको छ । यस्ता कृत्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ ।


केही साताअघि इलामको देउमाई नगरपालिकाका तीन–चारजना युवकले एउटा कुकुरको बच्चालाई कुटेर जिउँदै खाल्डोमा पुरेको भिडिओ सोसल मिडियामा भाइरल भएको थियो । घटनामा तीन जनालाई पक्राउ परेका छन् ।

जिउँदै कुकुरको आँखा निकाल्ने व्यक्ति पक्राउ, स्थानीय भने छुटाउन दबाब दिन प्रहरीमा

कीर्तिपुरमा जिउँदै कुकुरको आँखा निकालियो, अंगभंग बनाउने गरी कुट्नेविरुद्धको उजुरी प्रहरीमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved