भुटानी शरणार्थी प्रकरणमा बादलका छोरा प्रतिक थापा पक्राउ

नेपालभ्युज

भुटानी शरणार्थी प्रकरणमा बादलका छोरा प्रतिक थापा पक्राउ

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा पक्राउ परेका छन् ।

उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका थिए । थापालाई बौद्धबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा गत वर्ष सरकारी वकिलको कार्यालय काठमाडौंले थापालाई फरार सूचीमै राखेर अदालतमा मुद्दा दायर गरेको थियो ।

उनीमाथि बाबु गृहमन्त्री भएका बखत विचौलिया र गृह मन्त्रालयकै कर्मचारीसँग मिलेर नेपालीलाई नक्कली शरणार्थी बनाउने र रकम असुली गर्ने  धन्दामा लागेको आरोप छ ।

यो प्रकरणमा प्रहरीले  ०८० वैशाख ३१ गते प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसबेला उनी फरार भइसकेका थिए ।

पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डे, प्रतीक थापा, विचौलिया केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मासहित ३० जनाविरुद्ध राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध र कीर्ते गरी ४ वटा कसुरमा ०८० जेठ १० मा मुद्दा दायर भएको थियो ।

तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई पनि यही प्रकरणमा पक्राउ परेका थिए । हालसम्म यो प्रकरणमा १९ जना पक्राउ परेकामा अधिकांश धरौटीमा रिहा भइसकेका छन् ।

प्रतीकले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सहयोग गर्न भन्दै विचौलियाबाट १ करोड रुपैयाँ लिएको अनुसन्धानका क्रममा खुलेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved