करण जोहरको कार्यक्रममा आउन अस्वीकार गरेका कलाकार

नेपालभ्युज

करण जोहरको कार्यक्रममा आउन अस्वीकार गरेका कलाकार

एजेन्सी । बलिउड फिल्म निर्माता तथा निर्देशक करण जोहरको शो ‘कफी विद करण’ एकदमै चर्चित छ । जहाँ कला क्षेत्रका व्यक्ति ल्याएर करणले विवादास्पद प्रश्न गर्छन् ।

यसको हरेक सिजनमा थुप्रै बलिउड कलाकार, निर्देशक, लेखक आउँछन् । तर, केही त्यस्ता कलाकार छन्, जसले यो कार्यक्रमबाट दुरी बनाएका छन् ।

त्यसो त शाहरुख खान धेरैपटक यस कार्यक्रममा देखिइसकेका छन् । तर, पाँचौं सिजनमा देखिएपछि भने उनी अहिलेसम्म यो शोमा गएका छैनन् ।

त्यस्तै, रणवीर कपूर पनि विवादित प्रश्नबाट बच्न कार्यक्रममा सहभागी भएका थिएनन् । त्यस्तै, अजय देवगन पनि आफ्नो निजी जीवनका बारेमा प्रश्न गरेको त्यति रुचाउँदैनन् । त्यसैले यो कार्यक्रममा कमै मात्रामा सहभागी भएका छन् ।

सलमान खानले पनि सिजन आठको हिस्सा बन्न अस्वीकार गरेका थिए । उनी अहिलेसम्म दुई वटा सिजनमा मात्र सहभागी भएका छन् ।

ऐश्वर्या रायले पनि आफ्नो व्यक्तिगत जीवनलाई ध्यानमा राख्दै कयौं पटक उक्त शो मा जान अस्वीकार गरेकी थिइन् । कंगनाले यो शो को आलोचना समेत गरेकी थिइन् । एकपटक उक्त शोमा गएकी उनी अबदेखि सहभागी नहुने बताएकी छन् ।

त्यस्तै, कयौंपटक अभिनेत्री अनुष्का शर्माले पनि असहज प्रश्नबाट बच्नका लागि यो शोबाट दुरी बनाएकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved