कालो निधार चम्काउने उपाय

नेपालभ्युज

कालो निधार चम्काउने उपाय

एजेन्सी । प्रदूषणबाट बच्न धेरै व्यक्तिले बाहिर घाममा निस्कँदा मास्क लगाउने गर्दछन् । जसले गर्दा अनुहार त केही भाग ढाकिन्छ तर, निधार भने खाली नै हुन्छ ।

जसका कारण अनुहारको अन्य भागभन्दा निधार कालो देखिन्छ । त्यसैले निधारको ट्यानिंग अर्थात् घामले जलेको कालोपन कम गर्न घरमै केही उपाय अपनाउन सकिन्छ ।

निधारको ट्यानिंगले गर्दा समस्यामा हुनुहुन्छ भने दुध र बेसारको पेस्ट बनाएर लगाउन सक्नुहुन्छ । एक चुट्की बेसारमा थोरै दूध राखेर पेस्ट बनाउने । त्यसलाई निधारको भागमा लगाउने र सुकेपछि धुनुहोस् ।

त्यस्तै, बेसनको पेस्ट लगाएर पनि ट्यानिंग हटाउन सकिन्छ । यसका लागि बेसनलाई दूध वा दहीमा मिसाएर पेस्ट बनाएर लगाउन सकिन्छ ।

छालामा निखार ल्याउन मेवा पनि एकदमै लाभदायक हुन्छ । मेवा र महको पेस्ट बनाएर जलेको भागमा लगाउन सकिन्छ ।

ओट्स खान जति फाइदाजनक छ लगाउँदा पनि प्रभावकारी हुन्छ । ओट्समा दही मिसाएर स्क्रब बनाएर मसाज गर्दै लगाउन सकिन्छ । हप्तामा एकपटक यसको प्रयोगले पनि फाइदा पुग्छ ।

ब्लीचिंग गुणले भरपूर कागती र महको मिश्रणले पनि निधारको ट्यानिंग कम गर्न सक्छ । एक चम्चा महमा कागतीको केही रस मिसाएर निधारमा लगाउनुहोस् निधार राम्रो हुनेछ ।

छाला एकदमै सुख्खा छ भने बदामको तेल पनि प्रयोग गर्न सकिन्छ । त्यसका लागि बदामको तेलमा दूध पाउडर र मह मिसाएर पेस्ट बनाउने निधारमा लगाएर २० मिनेटपछि धुने गरेमा फाइदा पुग्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved