गुगल ट्रान्सलेटमा समावेश भयो नेपाल भाषा, भोजपुरी र मैथिली पनि उल्था गर्न सकिन्छ

गुगल ट्रान्सलेटबाट अब विभिन्न भाषालाई नेपालभाषामा उल्था गर्न सकिन्छ । नेपाल भाषालाई पनि अन्य भाषामा उल्था गर्न सकिन्छ । गुगलमा मैथीली र भोजपुरी भाषा पनि उल्था गर्न सकिने भएको छ ।

नेपालभ्युज

गुगल ट्रान्सलेटमा समावेश भयो नेपाल भाषा, भोजपुरी र मैथिली पनि उल्था गर्न सकिन्छ

काठमाडौं । सर्च इन्जिन प्लाटफर्म, गुगलको ट्रान्सलेट सेवामा नेपालभाषा (नेवारी) समावेश भएको छ ।

बिहीबार ब्लगपोस्टमार्फत गुगलले विश्वका ११० भाषा थप गरेको जानकारी गराएको थियो । तीमध्ये नेपालको नेवार समूदायको मातृभाषा पनि समेटिएको हो ।

गुगल ट्रान्सलेटबाट अब विभिन्न भाषालाई नेपालभाषामा उल्था गर्न सकिन्छ । नेपाल भाषालाई पनि अन्य भाषामा उल्था गर्न सकिन्छ ।

गुगलमा मैथीली र भोजपुरी भाषा पनि उल्था गर्न सकिने भएको छ । यी भाषा नेपाल र भारतमा पनि बोलिन्छन् । नेवारी भाषा भने नेपालमा मात्र बोलिन्छ ।

गुगलले आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरी विविध भाषा उल्था गर्ने सुविधा ल्याएको जनाएको छ । एआईको पाल्म–२ ल्यांग्वेज मोडलको सहयोगमा ६१ करोडभन्दा धेरैले बोल्ने क्यान्टोजी भाषादेखि अफ्रिकामा बोलिने फन, स्वाती, वलोफसँगै नेपालको नेवारी भाषालाई गुगल ट्रान्सलेटमा राखिएको ब्लग पोस्टमा उल्लेख छ ।

आफ्नो मातृभाषाको संरक्षणका लागि पहल गर्दै आएकी काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंलोगलले गुगल ट्रान्सलेटमा नेपालभाषा समावेश भएकोमा खुशी व्यक्त गरेकी छन् ।

विश्व नेवा संगठनले सन् २०२१ देखि नै गुगल ट्रान्सलेटका इन्जिनियर समूहलाई अङ्ग्रेजीबाट नेपाल भाषामा अनुवाद गर्ने परियोजनाका लागि सहयोग गर्दै आएका थिए ।

सन् २०१३ को डिसेम्बरमा गुगलले नेपाली भाषालाई आफ्नो गुगल ट्रान्सलेट सेवामा समावेश गरेको थियो । गुगल ट्रान्सलेटमार्फत् भाषागत अवरोधलाई तोडेर मानिसहरूलाई आपसमा जोड्न खोजिएको गुगलले जनाउँदै आएको छ ।

यसअघि सन् २०२२ मा जेरो–सट मेसिन ट्रान्सलेसन प्रविधिमा आधारित भएर नयाँ भाषाहरू थप गरिएकोमा यसपटक एआईको सहयोगमा भाषा अनुवादलाई अझै प्रभावकारी बनाइएको गुगलको दाबी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved