आँखा निस्कनेगरी कुटिएको कुकुरको यसरी हुँदैछ उपचार, कतै घाइते कुकर भेटिएमा गर्नुहोस् खबर

एनिमल मेडिकल सेन्टरले कतै घाइते कुकर भेटिएमा पनि खबर गर्न आग्रह गरेको छ ।

नेपालभ्युज

आँखा निस्कनेगरी कुटिएको कुकुरको यसरी हुँदैछ उपचार, कतै घाइते कुकर भेटिएमा गर्नुहोस् खबर

काठमाडौं । कीर्तिपुरमा सामुदायिक कुकुरलाई आँखा निस्कने गरी कुटिएको कुकरको एनिमल मेडिकल सेन्टर महाराजगन्जमा उपचार भइरहेको छ ।

कुकुरको अवस्था नाजुक रहेकाले अक्सिजनको सहायता दिएर उपचार भइरहेको छ । एउटा आँखा फुटेर निस्किएकोले अप्रेसन गरिएको छ । कुकुरले अर्को आँखा भने देख्नसक्ने अवस्थामा रहेको चिकित्सकहरूले बताएका छन् ।

कुकुरको टाउको समेत गम्भीर चोट छ । आँखा नै फुत्त बाहिर निस्किने गरी निर्ममतापूर्वक कुट्ने व्यक्ति प्रहरी हिरासतमा छन् । उनी कीर्तिपुर पांगाका स्थानीय सुरेश महर्जन हुन् ।

आँखा निस्कनेगरी कुकुर कुट्नेलाई पाँच दिन थुनामा राख्न अनुमति, अक्सिजन दिएर कुकुरको उपचार हुँदै

विरुद्ध स्नेहा केयरले किटानी जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई पहिलो पटकको लागि पाँच दिन म्याद दिएको छ । उनी बिहीबार पक्राउ परेका हुन् । कुकुर कुट्ने महर्जनले भने ‘चल्ला खाइदिएकाले बदला लिएको’ बताएका छन् ।

एनिमल मेडिकल सेन्टरले कतै घाइते कुकर भेटिएमा पनि खबर गर्न आग्रह गरेको छ ।

केही फोटोमा हेरौँ, किर्तीपुरमा कुटिएर घाइते भएको कुकुरको उपचार

 

 

जिउँदै कुकुरको आँखा निकाल्ने व्यक्ति पक्राउ, स्थानीय भने छुटाउन दबाब दिन प्रहरीमा

कीर्तिपुरमा जिउँदै कुकुरको आँखा निकालियो, अंगभंग बनाउने गरी कुट्नेविरुद्धको उजुरी प्रहरीमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved