विदेश जाने घनचक्करमा फसेका पात्रको फिल्म, विजय सेतुपतीको सुपरहिट ‘पप्पु पासपोर्ट’

नेपालभ्युज

विदेश जाने घनचक्करमा फसेका पात्रको फिल्म, विजय सेतुपतीको सुपरहिट ‘पप्पु पासपोर्ट’

आज शनिबार फुर्सद छ ? फुर्सदको सदुपयोग कसरी गर्ने ? वैचारिक पुस्तक पढ्ने वा मनोरन्जनात्मक फिल्म हेर्ने ? घुम्न जाने कि ? घरमै बस्ने ? पढ्ने \ सुन्ने \ हेर्ने र अनेक तरिका शनिबार कटाउने हुनसक्ला । तर, फिल्ममा रुचि छ भने तमिल अभिनेता विजय सेतुपतीको फिल्म सिफारिस गर्दैछौँ ।

सन् १९९६ देखि छोटा भूमिकामा पर्दामा देखिन थालेका विजय सन् २००० को ‘थेनमेरकु परुवाकातरू’ मा पहिलो पटक मुख्य भूमिकामा काम गरेका थिए ।

तीन नेसनल अवार्ड जितेको यो फिल्मपछि थप काम गर्ने अवसर पाएका विजयलाई चर्चामा ल्याउने पहिलो फिल्म भने सन् २०१२ को ‘पिज्जा’ हो ।
विजयले एक्सन, कमेडी, थ्रिलर, रोमान्टिक सबै विधाका फिल्म गरेका छन् ।

‘सुपर डिलक्स’ मा ट्रान्सजेन्डर बनेका छन् । ‘मास्टर’ मा ग्याङस्टरको रुपमा देखा परेका छन् । ‘पेट्टा’ फिल्ममा त झन् उनले रजनीकान्त र नवाजुद्दिन सिद्दिकीसँग ‘टक्कर’ लिएका थिए ।

उनको करिअरकै राम्रोमध्येका फिल्म हेर्न छुटाउनुभएको भए ‘पप्पु पासपोर्ट (हिन्दी डब संस्करण)’ मानिन्छ ।

विदेश जाने घनचक्कर बनाइएका पात्रको फिल्म हो यो । फिल्मका धेरै घटना नेपाली सन्दर्भमा पनि मेल खाने खालका छन् । किनकि नेपालका धेरैजसो अहिले विदेश जाने चक्करमा फसेका छन् । फिल्मका पात्र गान्धी र पान्डीले एउटा कोठा पाउन झेलेको दुःखले काठमाडौंको याद दिलाउँछ ।

गान्धी (विजय सेतुपती) र पान्डी (योगी बाबु) विदेश जाने सपना बोकेका दुई युवा हुन् ।

लन्डन जाने भनेर चेन्नई सहर आउँछन् । दलालको सल्लाहमा गान्धीलाई भिसा पाउन सहज हुन्छ भनेर गान्धीलाई पासपोर्टमा विवाहित लेख्ने सुझाव दिन्छन् । तर पनि भिसा पान्डीले मात्र पाउँछन् ।

अर्को पटक भिसा आवेदन नदिउन्जेल चेन्नईमा टिक्न काम खोज्दै जाँदा गान्धीले एउटा नाट्य समूहमा काम पाउँछन् ।

यहीँबाटै कलाकार समूहसँग नाटक प्रदर्शन गर्न उनले लन्डन जाने अवसर पनि पाउँछन् । तर, यसका लागि उनले आफ्नो पासपोर्टमा भएकी काल्पनिक श्रीमतीको नाम भएकै युवती भेट्टाउन पर्ने हुन्छ । र, उनीसँग सम्बन्ध विच्छेद भएको बनाउनुपर्नेछ । यस्तै रमाइलो शैलीमा कथा अघि बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved