सर्बियाको जङ्गलमा ११ नेपाली बन्धक, साढे ६ लाख तिरेर जाँदै थिए युरोप

नेपालभ्युज

सर्बियाको जङ्गलमा ११ नेपाली बन्धक, साढे ६ लाख तिरेर जाँदै थिए युरोप
प्रतिकात्मक स्केच

काठमाडौं । दक्षिणपूर्वी युरोपेली मुलुक सर्बियामा ११ जना नेपाली युवा हतियारधारी समूहले बन्धक बनाएको खबर आएको छ ।

आफ्ना गाउँका २ जना युवाले परिवारमा फोन गरेर छुटाउन पहल गर्न आग्रह गरेको झापा बिर्तामोड–२ का वडाअध्यक्ष किशोर कुमार पौडेलले बताए ।

आफूसहित ११ जनालाई छुटाउने पहल गर्न भन्दै झापाका दुई जनाले आफूहरूलाई छुटाउन परिवारलाई खबर पठाएका हुन् ।

मानव तस्करको चङ्गुलमा परेर सर्बिया हुँदै इजिप्ट जाने झापा बिर्तामोड–२ का ४५ वर्षीय आमाशु राजवंशी र २५ वर्षीय पशुपति राजवंशीले परिवारमा यस्तो सूचना दिएका हुन् । उनीहरुसहित सहित ११ जना सर्बिया पुगेका छन् । राजवंशीद्वयबाहेक अरू को–को हुन् खुलेको छैन ।

उनीहरूले अहिले बन्धक बनाएर ज्यान मार्ने धम्की दिइएको भन्दै टेलिफोन गरेको पीडितकी आफन्त शर्मिला राजवंशीले बताइन् ।

उनीहरूले ३ लाख पठाइदिन अनुरोध गरेका छन् । दुई महिनाअघि साढे ६ लाख खर्चिएर उनीहरू सर्बिया पुगेका थिए ।

पीडितकी पत्नी शर्मिलाले आफन्त समस्या परेको कुरा इलाका प्रहरी कार्यालय, बिर्तामोड, जिल्ला प्रशासन कार्यालय झापा र सामी परियोजनामा जानकारी गराएकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved