त्यो असार १५, धान दिवस मनाउन गएका तत्कालीन कृषि मन्त्रीले राजीनामा दिनुपरेको घटना

देशभर रोपाइँको चटारो चलिरहेको बेला ९ वर्षअघि आजकै दिन (असार १५) गतेको एक घटनाका कारण तत्कालीन कृषिमन्त्रीले राजीनामा दिनुपरेको थियो।

नेपालभ्युज

त्यो असार १५, धान दिवस मनाउन गएका तत्कालीन कृषि मन्त्रीले राजीनामा दिनुपरेको घटना

काठमाडौं। देशभर रोपाइँको चटारो चलिरहेको बेला ९ वर्षअघि आजकै दिन (असार १५) गतेको एक घटनाका कारण तत्कालीन कृषिमन्त्रीले राजीनामा दिनुपरेको थियो ।

१५ असार २०७२ मंगलबारको दिन तत्कालीन कृषिमन्त्री हरि पराजुलीले अशोभनीय व्यवहार देखाएपछि पदबाट हट्नु परेको थियो ।

त्यसपछिका प्राय १५ असारमा सो घटनाको चर्चा हुनेगर्छ। असार १५ को अवसर पारेर मन्त्रीदेखि कलाकारसम्म खेतमा धान दिवसको रमाइलोमा जुटेका थिए । काठमाडौंको मुलपानीमा पुगेका कृषिमन्त्री हरि पराजुलीले भने खेतमै रमिता देखाए ।

उनले आफ्नो जिउमा लागेको हिलो पुछ्न महिलाकै फरियाको सहायता लिए । रमाइलो गर्ने बहाना मन्त्री जस्तो गरिमामय पदको पदीय मर्यादालाई नै लत्त्याएर रोपाहार महिलालाई अँगालो नै हाले ।

मन्त्रीको अशोभनीय कार्यबाट महिलाहरू भागीरहेको थिए । तर, मन्त्री भने पुनः उही शैलीमा लम्किरहेका थिए । तर, पछिपछि लाग्दै मन्त्रीले महिलालाई गर्ल्याम्म अँगालो हाले । मन्त्रीले एकपछि अर्को गर्दै रोपाहार अन्य केही महिलासँग पनि यस्तै दुर्व्यवहार गरे ।

घटनाको भिडिओ साँझ सामाजिक सञ्जालमा भाइरल भयो । टेलिभिजनहरूले प्रशारण गरेपछि राजीनामाको दबाब बढ्यो । सुशील कोइराला नेतृत्वको सरकारका एमालेबाट सहभागी मन्त्री पराजुलीमाथि उनकै पार्टीबाट समेत राजीनामाको दबाब बढ्यो । अनन्त उनले पद छाड्नु परेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved