काठ क्षेत्रका टारी खेतमा रोपाइँ सुरु (तस्वीरहरू)

काठ क्षेत्रका टारी खेतमा रोपाइँ सुरु (तस्वीरहरू)

काठमाडौं । यो वर्षको मनसुन ढिला सुरु भएकोले उपत्यकाका फाँटहरूमा रोपाइँ पनि ढिला सुरु भएको छ ।

मानो रोपेर मुरी फलाउने महिना भनेर चिनिने असार महिनामा यतिबेला किसानहरू आ-आफ्ना खेतमा मानो रोप्न व्यस्त छन् ।

देशको कतिपय स्थानमा असार नलाग्दै रोपाइँ सुरु हुन्छ। तर आकाशे पानीको भर पर्नु पर्ने काठमाडौंको काठ क्षेत्रका किसानहरूलाई भने यो बर्ष मनसुन ढिलासुरु भएकोले असारको मध्य तिर रोपाइँको चटारोले छोपेको छ ।

उपत्यकाका काठ क्षेत्रका फाँटहरूमा यतिबेला किसानहरू रोपाइँ गरिरहेका देखिन्छन् ।

काठ क्षेत्रमा उहिले मेला(पर्ममा रोपाइँ हुने गरेता पनि अहिले त्यो प्रथा लगभग हराइसकेको छ। भनेको बेला काम गर्ने खेताला पनि नपाउने हुँदा यस क्षेत्रमा आजकाल परिवारकै सदस्यहरू र छरछिमेक मिलेर नै खेत रोप्ने गरेको देख्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved