गुल्मीमा पहिरोले घर पुर्दा एकै परिवारका ५ जनाको मृत्यु

नेपालभ्युज

गुल्मीमा पहिरोले घर पुर्दा एकै परिवारका ५ जनाको मृत्यु
सांकेतिक स्केच

गुल्मी । गुल्मीमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको छ ।

मालिका गाउँपालिका–६ कडेल पाटामा भेषबहादुर कामीको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीका अनुसार पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर, ४८ वर्षीया श्रीमती सुन्तली कामी, बुहारी २६ वर्षकी सीता तथा नातिनीहरू ८ वर्षकी सपना र ८ महिनाकी विपनाको मृत्यु भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved