असार १५ मा उपद्रो : चितवनमा हली प्रधानमन्त्री, शीतलनिवासमा बाउसे राष्ट्रपति

नेपालभ्युज

असार १५ मा उपद्रो : चितवनमा हली प्रधानमन्त्री, शीतलनिवासमा बाउसे राष्ट्रपति

काठमाडौं । सरकारले असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको छ । तर, पछिल्ला वर्षमा असार १५ खेतमा गएर फोटो खिच्ने, हिलोमा उपद्रो मच्चाउने मेला बन्दै आएको छ ।

धानको बिउ मासेर रमाइलो गर्ने मेलाको रूपमा परिणत हुँदै आएको छन् । नेताहरूले समेत एकछिन रोपेर, कोदाली चलाएर, ट्याक्टर चलाएर नौटंकी गर्दै आएका छन् ।

धान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रम विवादमुक्त बनेका छैनन् । कहिले मन्त्रीले महिला किसानलाई दुर्व्यवहार गर्ने त कहिले मन्त्रीले गमलामा धान रोप्ने खालका भद्दा क्रियाकलाप रोकिएका छैनन् ।

त्यो असार १५, धान दिवस मनाउन गएका तत्कालीन कृषि मन्त्रीले राजीनामा दिनुपरेको घटना

यस्तै, क्रियाकलाप यो साल शीतलनिवासमा समेत देखियो । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो सरकारी निवास अगाडिको २ मिटर क्षेत्रफल भागमा हिलो बनाएर धान रोपे । त्यहाँ उनले सकिनसकी कोदाली लिएर बाउसे गरे । जबकि राष्ट्रपति पौडेललाई बाहिर फेर हिँड्न अरूको सहायता चाहिन्छ ।

उता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा धान दिवसको उद्घाटन गरे । उनी ट्याक्टर चलाएर हलीको अवतारमा देखिए ।

अरू ठाउँका धान रोपाइँमा यसपटक पनि त्यस्तै केही भद्दा र उच्छृंखल हर्कत देखिए । धान रोप्ने खेतलाई ‘ग्ल्यामर’ अवतार देखाउने मञ्च बनाइएको फोटो सञ्जालमा देखिन थालेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved