नीति एउटा नेतृत्व अर्को हुनाले कम्युनिष्ट पार्टीमा दुर्घटना भयो : घनश्याम भुसाल

नेपालभ्युज

नीति एउटा नेतृत्व अर्को हुनाले कम्युनिष्ट पार्टीमा दुर्घटना भयो : घनश्याम भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नीति एउटा पारित हुने तर, नेतृत्व अर्को हुनाले कम्युनिष्ट पार्टीमा दुर्घटना भएको बताएका छन् ।

शनिबार पार्टीको महाधिवेशन तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘नीति एउटा पारित भयो र नेतृत्व अर्को आयो जसको कारण कम्युनिष्ट पार्टीमा दुर्घटना भयो’, उनले भने, ‘त्यो असंगतिको कारणले गर्दा आज देशले क्षति व्यहोरिरहेको छ ।

समाजवादी कार्यक्रम नै पार्टीको मुल मुद्दा रहेको उनको भनाइ छ । पार्टीले प्रतिनिधि सकेसम्म सर्वसम्मतिमा छानेको उनले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved